Shikhar Insurance

राजधानी सहित देशभर घरजग्गा कारोबारले गति लिदै, एकै महिना ६१ हजार बढि घरजग्गा खरिद बिक्री

रोशनी तामाङ
२०८१ असार ३, सोमबार ११:४१
NIMB
Nabil Bank

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट र घरजग्गा धितो राखेर पाइने कर्जामा सहजिकरण गरेसँगै घरजग्गा कारोबार बढ्न थालेको छ । भूमी व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार घरजग्गा कारोबारको ग्राफ देशभरी नै विस्तारै उकालो लाग्न थालेको हो ।

देशभरका मालपोत कार्यालयहरुले जेठ महिना भरीमा ६१ हजार १ सय ६१ वटा जग्गाको लिखत पारित गरेको छ । मालपोत कार्यलयहरुले अघिल्लो महिना(बैशाख)मा जम्मा ४९ हजार ७ सय ८२ वटा जग्गा लिखत पारित गरेको थियो । २०८१ बैशाख महिनाको तुलनामा जग्गाको लिखत पारित गर्ने संख्या बढ्दै गएको हो ।

Citizen Life
Kumar Bank

जेठ महिनामा सबैभन्दा धेरै लिखत पारित गर्नेको पहिलो नम्बरमा इनरुवा, सुनसरी रहेको छ । इनरुवाले जेठ महिनाभरीमा २ हजार ३७६ वटा जग्गा लिखत पारित गरेको छ । त्यसैगरी, दोस्रो स्थानमा जनकपुरधाम, धनुषा रहेको छ । जेठमा मालपोत कार्यालय जनकपुरबाट २ हजार ३४८ लिखत पारित भएको छ ।

त्यस्तै, भद्रपुर झापाबाट १ हजार ९८१, बेलवारी मोरङबाट १ हजार ९५८, राजविराज सप्तरीबाट १ हजार ७२९, मंलगवा सर्लाहीबाट १ हजार ५७८ वटा लिखत पारित भएका छन् । जलेश्वर महोत्तरीमा १५०८, पर्सामा १५५४, कलैया बारामा १४०२ र सिराहामा १३७० वटा लिखत पारित भएको छ ।

एक महिनाको अवधिभित्र विभिन्न मालपोत कार्यलयहरुमा लिखत पारित हुने संख्या बढ्दै गएको भूमि सुधार तथा मालपोत कार्यलयको तथ्यांकले देखाएको छ । गत महिना(बैशाख)मा इनरुवा सुनसरीमा २ हजार ११ वटा लिखत पारित भएको थियो । तुलनात्मक रुपमा गत महिनाभन्दा यो महिना सुनसरीमा लिखत पारित गर्नेको संख्या ३३७ ले बढेको छ ।

त्यसैगरी, जनकपुरधाम धनुषामा १ हजार ७ सय ६७, भद्रपुर झापामा १ हजार ७ सय २८, बेलबारी मोरङमा १ हजार ६ सय १०, राजविराज सप्तरीमा १ हजार ३ सय ९८ वटा जग्गा कारोबार भएको थियो । मंलगवा सर्लाहीमा ११ सय ५०, जलेश्वर महोत्तरीमा १ हजार २ सय १६, कलैया बारामा ९ सय ६१ र सिराहामा १ हजार १० वटा लिखत पारित भएको मालपोत कार्यलयले देखाएको छ ।

त्यसैगरी, जेठ महिनाभरीमा सबैभन्दा धेरै मालपोत कार्यालय लगनखेल, ललितपुरले राजस्व उठाउन सफल भएको छ । लगनखेलले सेवा कर, रजिष्ट्रेशन दस्तुर, डोर सुविधा, पूँजीगत लाभ कर, विलम्ब शुल्क गरी जम्मा ४४ करोड १३ लाख १४ हजार ९७५ रुपैयाँ राजस्व संकलन गरेको छ ।

जेठ महिनामा सबैभन्दा धेरै राजस्व संकलन गर्नेमा दोस्रो स्थानमा भक्तपुर रहेको छ । भक्तपुरले ३३ करोड ४९ लाख ५७ हजार ४११ रुपैयाँ राजस्व उठाएको छ भने अघिल्लो महिना ३० करोड ४५ लाख ३ हजार ३८ राजस्व उठाएको थियो । त्यसैगरी, जेठ महिनामा कलंकी मालपोत कार्यालयले २९ करोड ४७ लाख ९ हजार २ सय ७३, डिल्लीबजार, काठमाडौंले २८ करोड ५७ लाख २१ हजार ६०६, चावहिल कार्यालयले २७ करोड ४४ लाख ४३ हजार ४६ रकम राजस्व उठाएको छ ।

त्यसैगरी, कास्की मालपोत कार्यालयले १३ करोड ५२ लाख ५७ हजार ९२२, काभ्रेपलाञ्चोकले १२ करोड ६१ लाख ७३ हजार ८०, बुटवल रुपन्देहीले ९ करोड ७७ लाख ५८ हजार १५९, भद्रपुर झापाले ७ करोड ८१ लाख ४४ हजार २०४ र सिन्धुपाल्चोक मालपोत कार्यलयले २ करोड ७१ लाख ५९ हजार ९ सय ४२ राजस्व संकलन गरेको छ ।

गत महिना बैशाखमा कलंकी मालपोत कार्यालयले २२ करोड ८५ लाख ४ हजार ४१, डिल्लीबजारले ३२ करोड ६७ लाख ६७ हजार ५३२, चावहिल कार्यलयले २४ करोड ८० लाख १७ हजार ९ सय ३२ राजस्व उठाएको थियो । त्यसरी नै, कास्कीले १५ करोड ४५ लाख २५ हजार ६२१, काभ्रेले ८ करोड ५९ लाख ४० हजार ६७५, बुटवल रुपन्देहीले ८ करोड ४३ लाख ९९ हजार १५५, भद्रपुर, झापाले ७ करोड ४२ लाख २ हजार ९७१ र सिन्धुपाल्चोक कार्यलयले ९ करोड ५७ लाख ३ हजार ३५६ रुपैयाँ राजस्व उठाएको थियो ।

गत महिना र यो महिनाको तुलनामा केहि मालपोत कार्यालयहरुले कम राजस्व संकलन गरेका छन् भने कुनै मालपोत कार्यलयले भने बढी रकम राजस्व उठाउन सफल भएका छन् ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्