काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ मा पुगेको हो ।
आइतबार ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८ सय ८४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५ सय ५१ रुपैयाँको कारोबार भएको छ ।
आज १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज नेपाल फाइनान्सको सेयरमा सर्किट लागेको हो ।
त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको ९.९४ प्रतिशत, शिव श्री हाइड्रोपावरको ८.१७ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको ७.३५ प्रतिशत,दिव्याश्वरी हाइड्रोपावरको ६.७१ प्रतिशत सहित ९६ कम्पनीको सेयरमा उकालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्