Shikhar Insurance
National Life

धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्तामा २ जना मात्रै सहभागी भएपछि असार ५ गतेलाई पुन: बोलायो

सिंहदरबार संवाददाता
२०८१ असार २, आईतवार १८:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुत गर्ने मिति असार ५ गतेलाई तोकेको छ । आइतबार तोकिएको अन्तरवार्तामा २ जना मात्रै उपस्थित भएपछि असार ५ गते बुधबार ९ बजेलाई सारिएको हो ।

धितोत्रप बोर्डको अध्यक्ष बन्न आइतबार २ जना मात्रै सहभागी भएका हुन् । राष्ट्रिय योजना आयोगको सभाहलमा पाँच प्रतिष्पर्धीमध्ये २ जना मात्रै सहभागी भएका हुन् । अन्तरवार्ता र कार्ययोजना प्रस्तुतिकरण गर्न प्रतिस्पर्धी सन्तोषनारायण श्रेष्ठ बिहान ९ बजे नै उपस्थित भएका थिए । अर्का प्रस्तिपर्धी धितोपत्र बोर्डका निर्देशक मुक्तिनाथ श्रेष्ठ सवा ११ बजेट आयोग पुगेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

योजना आयोगको सभाहलमा अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिकरणको मूल्यांकन गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ, अर्थसचिव मधुकुमार मरासीनी र विज्ञ सदस्य उदय निरौला सहभागी रहेका थिए । छनौट समितिले बाँकी तीन जना प्रतिस्पर्धीलाई सहभागी हुन असार ५ गतेलाई बोलाएको हो ।

उपस्थित नहुनेहरुमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कार्यकारी अधिकृत (सिइओ) कृष्ण बहादुर कार्की, साबिकको बिमा समिति हालको बिमा प्राधिकरणका अध्यक्ष चीरन्जीवी चापागाई र धितोपत्र बोर्डका अध्यक्ष डा. नवराज अधिकारी रहेका छन् ।

समितिले आज अन्तरवार्ता लिएर तीन जनाको नाम आजै मन्त्रिपरिषद पठाउने र सोमबार नै नियुक्ति गर्ने योजना बनाएको थियो । तर अन्तर्वार्तामा उम्मेदवारहरु नै सहभागी नभएपछि छनौट प्रकृया अन्योल बनेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्