काठमाडौं । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाको ढल्केवर इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ ।
उक्त प्रसारण लाइन राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्नका लागि धनुषाको ढल्केवर सबस्टेसनदेखि सुनसरीको भोक्राहमा रहेको सबस्टेसनसम्म ४०० केभी डबल सर्किट प्रसारण लाइनबाट असार २ गतेदेखि ४०० किलो भोल्ट क्षमताको विद्युत प्रवाह गरी परीक्षण गरिने र सो पश्चात् प्रसारण लाइन सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको हो ।
उक्त प्रसारण लाइनका टावरहरूमा नचढ्न, कुनै पनि वस्तुले तारमा नछुन, खतरा सङ्केत जनाइएका वस्तुहरूलाई नछुन तथा आफ्ना बालबच्चाहरूलाई समेत उक्त विषयमा सचेत गराउँन प्राधिकरणले आग्रह गरेको छ । धनुषाको मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा प्रसारणको रुट रहेको प्राधिकरणले जनाकारी दिएको छ ।
त्यसैगरी, सिरहाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका, लहान नगरपालिका, सप्तरीको सुरुङ्गा नगरपालिका, खडग नगरपालिका, शम्भुनाथ नगरपालिका, रुपनी गाउँपालिका, अग्नीसाइर गाउँपालिका, रुपनगर कञ्चनपुर नगरपालिका, सप्तकोशी नगरपालिका, उदयपुर बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिका, रामधुनी गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिकामा प्रसारण लाइनको रुट पर्ने प्राधिकरणले सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्