Shikhar Insurance
National Life

नेपाल लाइफको २१.०५ लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०८१ असार २, आईतवार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असार २ गते)अन्तिम दिन रहेको छ ।

सभा प्रयोजनको लागि कम्पनीले असार ४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाे छ । जसअनुसार असार ३ गते सार्वजनिक बिदा परेको हुँदा असार २ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग दिन पाउँनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले २३ औं र २४ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा असार २८ गते होटल भिष्वा, बीरगंज (पर्सा) मा बिहान ९ बजे आव्हान गरेको हो ।

सभाले गत आव को लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत (कर प्रयोजन सहित) को नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्नेछ ।

आव २०७८/७९ र २०७९/८० को वार्षिक कार्य प्रगति र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

सभामा आव २०७९/८० को लागि लेखापरीक्षकलाई गरिएको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित पारित गर्नेछ ।

सभामा कम्पनीको संचालक समितिमा संस्थापक समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट ३ जना र १ जना स्वतन्त्र संचालक नियुक्ति गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्