काठमाडौं । असार महिनाको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन (शुक्रबार) सुन १ लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लाख ४० हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८२० रुपैयाँ पुगेको छ । चाँदी अघिल्लो दिन १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्