काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले लाभांश नबाड्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्