काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ५० रुपैयाँ अंकित मूल्यमा २७ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
कम्पनीको जेठ २५ गतेको विशेष साधारणसभाले ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद बिक्री खुला गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले असार १९ गते देखि साउन २२ गतेसम्म हकप्रद सेयर बिक्रीका खुल्ला गर्ने एक सूचनामार्फत जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्