काठमाडौं । कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेकाे सलिकोले संस्थापक सेयर लिलामीमा ल्याएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नामा रहेकाे ६४ हजार ६१२ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २ सय ७५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिँदा घटीमा ५ हजार र बढीमा प्रस्तावित सबै कित्ताका लागि आवेदन दिन पाउँने सूचनामा उल्लेख गरेकको छ ।
सेयर खरिदको लागि विद्यमान संस्थापक सेयरधनी वा जोकोहि व्यक्ति, संस्था, कम्पनीहरुले असार २ गते (आज) देखि असार ९ गतेसम्म काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नेसक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्