Shikhar Insurance
National Life

धितोपत्र बोर्ड अध्यक्ष बन्न प्रर्तिष्पर्धीहरुको अन्तर्वार्ता २ गते हुने, सोमबार नियुक्ति

सिंहदरबार संवाददाता
२०८१ असार १, शनिबार १३:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष प्रतिष्पर्धिहरुको अन्तर्वार्ता २ गते आइतबार हुने भएको छ । लामो रस्साकस्सीपछि छनौट समितिले अन्तर्वार्ताको मिति तय गरेको हो ।

समितिले आइतबार बिहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा बोलाएको हो । बोर्ड अध्यक्ष बन्नका लागि कृष्ण बहादुर कार्की, चिरन्जीवी चापागाई, सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारी प्रतिष्पर्धी सहभागी छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छनौट समितिले तीन जनाको नाम सिफारिस मन्त्रिपरिषदमा पेश गर्नेछ । सोमबार बस्ने मन्त्रिपरिषदले एक जनालाई अध्यक्ष नियुक्ति गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्