काठमाडौं । पुर्व अर्थमन्त्री जनार्दन शर्माले वर्षमान पुनले ल्याएको बजेटको विरोध गरेका छन् । शुक्रबार संसदमा बोल्दै पुर्वमन्त्री शर्माले बजेटको कडा शब्दमा आलोचना गरेका हुन् ।
पार्टीभित्रका यी दुई पात्रको दुश्मनी निकै लामो समयदेखि चलिरहेको छ । काँग्रेससँगको गठबन्धन भत्काउन पुनले भुमिका खेलेपछि शर्मा पुनसँग चिढिएका छन् । अर्थमन्त्री बनेयता सार्वजनिक मञ्चमा पुनले करको दर र दफा बिक्री गरेको आरोप शर्मामाथी लगाएका थिए । पुन अर्थमन्त्री बनेपछि सबैभन्दा धेरै समय शर्मालाई गाली गर्न खर्चिएका छन् ।
अर्थमन्त्री पुनले जनार्दन शर्माले ल्याएको कर नीति परिवर्तन गरिदिएपछि शर्मा थप चिढिएका हुन् । शर्माले ब्लेडमा आधारित उद्योगलाई बन्द हुनेगरी कर नीति लीएका थिए । यस्तै, अहिले पुनले मेल्टिङमा आधारित उद्योगलाई बन्द गर्ने गरी कर नीति लिएका छन् ।
संसदमा नेता शर्माले प्रधानमन्त्रीले भने जसरी बजेट नबनेको आरोप लगाए । पुर्व मन्त्री शर्माले अर्थमन्त्रीलाई संकेत गर्दै मन्त्री गुटको मात्रै भएको आरोप लगाए । उनले प्रश्न गरे, ‘के मन्त्रीहरु गुटका मात्रै मन्त्री हुन्?, मन्त्रीहरु देशको हुन सकेनन, मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित बजेट बन्यो, म मन्त्री बन्दा र अरु मन्त्री बन्दा कुन ठाउँमा कति बजेट गयो हिसाब किताब गरे हुन्छ ।’
नेकपा (माओवादी) केन्द्रका उपमहासचिव समेत जनार्दन शर्माले संघीयताको उपहास हुनेगरी २५ देखि १ लाख रुपैयाँका योजनाहरु संसदमा प्रस्तुत गरेको बताए । उनले भने, ‘बजेट विनियोजन गर्दा सरकारका मन्त्रीहरुले प्रदेश र स्थानीय सरकार पनि छ भन्ने कुरा र्बिसिए । केन्द्रिय सरकारको मन्त्री भएपछि केन्द्रिकृत मनोभावनाले ग्रसित हुन हुदैन।’ साना आयोजनाहरु प्रदेश र स्थानीय तहलाई दिएर विकासलाई दिगो र परिणाममुखी बनाउन आवश्यक रहेको उनको भनाई छ ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षमा आगामी वर्षको बजेट नयाँ ढङ्गले प्रस्तुत गर्ने भनेर गरेको प्रतिवद्धता र घोषणा कार्यान्वयन नभएको बताए । उनले प्रिबजेटमा नै बजेटलाई प्राथमिकता दिएर छलफल गर्ने र छलफलबाट आएका सुझावका आधारमा बजेट निर्माण गर्ने कुराले संसदहरुलाई उत्साहित बनाए पनि प्रतिवद्धता अनुसार बजेट निर्माण नभएको उल्लेख गरे ।
उनले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको घोषणा अनुसार अघि बढ्न नसकेको दाबी गरे । उनले सरकारले बजेट निर्माणको विषयमा गम्भिर समिक्षा गर्न जरुरी रहेको बताए । शर्माले बजेट निर्माण गर्दा परम्परालाई मात्रै निरन्तरता दिएको भन्दै यो बजेटले नयाँ प्रगति गर्न नसक्ने दाबी गरे । उनले सरकारले परम्परागत बजेट निर्माण प्रक्रिया बदल्ने भनेपछ बदल्नुपर्ने भएपनि बदल्न नसकेको उल्लेख गरे ।
उनले सरकारले निर्माण गर्ने बजेट पुरानै अवस्थामा रहेको भन्दै सुधार गर्न आवश्यक रहेको बताए । उनले बजेट प्रश्तुतपछि संसदमा बजेटका विषयमा भएका छलफलको औचित्य र आवश्यकता नभएको बताए । उनले यस्तो छलफलले कुनै परिणाम नदिने दाबी गरे । उनल वर्तमान सरकारले ल्याएको बजेटले परिणाम दिन नसक्ने भन्दै सरकारले बजेटलाई वितरणमुखी बनाएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्