Shikhar Insurance
National Life

६४ वटा डेक्सटपबाट क्रिप्टो माइनिङ गर्ने विस्वास गुरुङ र राजेन्द्र ताहामाता पक्राउ

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३२, शुक्रबार १६:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) ले क्रिप्टो माइनिङ गर्ने २ जनालाई पक्राउ गरेको छ । सीआइबीले किर्तिपुरका विस्वास गुरुङ र भक्तपुरका राजेन्द्र ताहामातालाई पक्राउ गरेको हो ।

दुबै जनालाई जिल्ला अदालत भक्तपुरबाट ६ दिनको लागि म्याद थप गरेर अनुसन्धान अघि बढेको हो । सीटीइभीटी टीआइटीआइ (Training Institute for Technical Instruction) को भवनमा रहेको इन्फर्मेसन टेक्नोलोजी ल्याबमा क्रिप्टो करेन्सी माइनिङ भईरहेको छ भन्ने सूचना आएपछि सिआइबीले टोली खटाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ब्यूरोबाट गएको टोलीले सिटीइभीटी अन्तर्गतको टीआईटीआइ भवनमा रहेका कम्प्यूटर तथा सर्भर प्रणालीहरुको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा कम्प्यूटरहरुमा क्रिप्टो माइनिङ एप्लिकेशन संचालन भईरहेको भेटिएको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्