Shikhar Insurance
National Life

बैंकहरुले असारमा पनि घटाए ब्याजदर, कसको कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३२, शुक्रबार १२:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । अधिकांश बैंकहरुले असारमा पनि ब्याजदर घटाएका छन् । शुक्रबार सार्वजनिक भएकाे असार महिनाको लागि कायम नयाँ ब्याजदर अधिकांश बाणिज्य बैंकहरुले घटाएका हुन् ।

बैंकहरुले औसत ब्याजदर ६.८६ प्रतिशत कायम छ । जेठ महिनामा वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा औसत ब्याजदर ६.९९ प्रतिशत थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

असार १ गतेदेखि लागू हुने गरि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ११ बैंकले निक्षेप ब्याजदर घटाएका छन् भने ३ बैंकहरुले नबिल बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ ।  ६ बैंकहरू प्रभु बैंक, कुषि विकास बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक र स्टान्डर्ड चार्टर्ड र एनआइएमबीले यथावत रहेकाे छ ।

हिमालयन बैंककले भने जेठको तुलनामा असारमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएर ८.२५ प्रतिशत बनाएको छ । यो नै अस महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा दिने सर्वाधिक ब्याजदर हो ।

बैंकहरुले साउन महिनादेखि नै ब्याजदर सम्बन्धी भद्र सहमति छाडेर आवश्यकता अनुसार ब्याजदर घटाउने वा बढाउन पाउने व्यवस्था गरेका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई हरेक महिनाको मसान्त भित्रै आगामी महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिदिएको छ । बैंकहरुले त्यसरी हरेक महिना नयाँ ब्याजदर तोक्दा अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशतसम्म बढाउन वा घटाउन सक्ने सुबिधा पाएका छन् ।

अहिले भने व्यक्तिगत मुद्धतिको भन्दा संस्थागत मुद्धतिमा एक प्रतिशतले मात्रै कम ब्याज दिन पाइने व्यवस्था छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत संस्थागत निक्षेप कर्ताहरुलाई २ प्रतिशत कम ब्याज दिनुपर्ने पुरानो व्यवस्थाको सट्टा १ प्रतिशत मात्रै कम ब्याजदर दिन पाउने सुबिधा दिएको थियो । यसले बीमा कम्पनीहरुलाई फाइदा पुगेको छ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै बनाउन नपाउने नियम लगाएको छ । त्यसकारण व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घट्दा बचत र कल निक्षेपको ब्याजदर घट्दै जानेछ । बैंकहरुले स्वीकार गर्ने सबै खाले निक्षेपको ब्याजदर घट्दै गएपछि कर्जाको ब्याजदर पनि घटाउनुपर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्