काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाले जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार असार २१ गते होटल बाराही पोखरा प्रालि, पोखरा-६ मा बस्ने गरी सभा आह्वान गरेको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०७१/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आव २०७१/०८० को माफा नोक्सान, हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरू उपर छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।
आव २०८०/०८१ को लेखा परीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निको पारिश्रमिक तोक्ने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक तर्फको १ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति तथा एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।
साथै, सभामा वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन भएमा सोही बमोजिम गर्न गराउन संचालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्नेछ ।
सभा प्रयोजनार्थका लागि असार ७ गतेदेखि असार २१ गतेसम्म वित्तीय संस्थाको सेयर दाखिला खारेजीको काम बन्द रहने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा असार ६ गतेसम्म कारोबारमा सेयरधनीहरु मात्र सभामा भाग लिन पाउँने संस्थाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्