Shikhar Insurance
National Life

यूनाइटेड अजोड इन्स्योरेन्सको साभारण सभा सम्पन्न, १५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३१, बिहीबार १८:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । बिहीबार आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा सभा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात १०० सेयरबापत १५ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएअनुसार सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सभामा संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ । साथै, कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अुनपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित भएको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)ले कम्पनीले जेठ २९ गतेसम्मको अवधिमा बीमालेख जारी संख्या २ लाख २ हजार ६१८ बीमा शुल्कबापत २ अर्ब ३६ करोड ७८ लाख ७७ हजार ९३९ आर्जन गरि तेस्रो त्रैमाससम्म २७ करोड ४२ लाख २४ हजार २१५ रुपैयाँ खुद नाफा आर्जन भएको जानकारी दिए ।

कम्पनीले विगतको वर्षहरूमा भुक्तानी गर्न बाँकी दाबी संख्या क्रमशः घटाई सोही अवधिमा ८ हजार १८१ वटा दाबीको रकम १ अर्ब २६ करोड ६४ लाख ९४ हजार दाबी भुक्तानी गरेको र कोभिड बीमा दाबीबाहेक भुक्तानी गर्न बाँकी दाबी संख्या ३ हजार ७३७ कायम गर्न सफल भएका जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्