काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली काँग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेकपा एमाले देशका लागि काम गर्न नदिनका लागि काँग्रेसले एमालेमाथि आक्रमण गरिरहेको बताए । उनले राम्रा काम गर्न नदिन अनर्गल प्रचार प्रसार गरिरहेको जानकारी गरे । लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्न समेत गरे । उनले अहिले गिरिबन्धु टि स्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुँइया मच्चाइरहेको बताए । कानून, नियम बिना बलजफ्ती बिक्री गरेर गिरिबन्धु टि स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको उनकोे अरोप छ ।
उनले वैचारिक संघर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको बताए । अध्यक्ष ओलीले एमालेभित्र एकताका लागि ठाउँ रहेको भन्दै फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको बताए । उनले मिसन ०८४ देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पु¥याएर देशको विकास गर्नका लागि रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्