Shikhar Insurance
National Life

राइड सेयरिङ कम्पनी इजी ट्याक्सीको निःशुल्क शिक्षा तथा राहत कार्यक्रम घोषणा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ११, मंगलवार १७:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । राइड सेयरिङ कम्पनी इजी ट्याक्सी नेपालले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका स्वरोजगार व्यवसायी तथा ट्याक्सी चालक मजदूरहरुको परिवारको लागि निःशुल्क शिक्षा सामाग्री तथा राहत कार्यक्रमको घोषणा गरेको छ । दोस्रो एम्बुलेन्सको रुपमा काम गरिरहेका उपत्यकामा सञ्चालनमा रहेका ट्याक्सीहरुको व्यवसायाय व्यवस्थित र मर्यादित तथा समय सापेक्षरुपमा सञ्चालन गर्नको लागि सक्रिय रहेको यस इजि ट्याक्सीले अहिलेको अवस्थामा राहत कार्यक्रम ल्याएको हो ।

कोरोनाभाइरसको महामारीले यो व्यवसाय हालको समयमा उठ्न नसक्ने गरि एकदमै धरासायी अवस्थामा पुगेको छ । यस्तो अवस्था हुँदाहुँदै केहि हाम्रा मिहिनेती स्वरोजगार तथा मजदूर चालक साथीहरुको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस दुखद घडीमा उनीहरुको परिवालाई केही सहयोग पुर्याउने उद्धेश्यले परिवारको एकजना बालबालिकालाई दश कक्षासम्मको पढाई खर्च व्यहोरी सहयोग गर्ने इजी ट्याक्सी नेपालका सञ्चालक संजीत पौडेलले बताए । कोहि बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस भन्नको लागि यस प्रकारको सहयोग गरिएको उनले बताए ।

उनले भने, ‘यस कोरोना महामारीले गर्दा आफ्नो दैनिक जिवनयापन गर्न समस्या परेकाहरुका लागि सहयोग पुर्याउने उद्धेश्यले कोरोना राहत कार्यक्रम पनि सञ्चालन गरिएको छ । यस प्रकारको सेवा लिनको लागि इजी ट्याक्सी नेपालको वेबसाइटमा गएर नाम ठेगाना, फोन नम्बर राख्नुपर्ने हुन्छ ।’

पौडेलका अनुसार कोरोना महामारी सबैको साझा चुनौती हो र सबै मिलि आपसी सहयोगको भावनाले आफुले सक्नेसम्मको सहयोग गर्नुपर्छ । त्यहि हिसाबले ट्याक्सी चालक परिवारहरुलाई केहि सहयोग होस भनेर राहत घोषणा गरेको उनको दाबी छ ।

इजी ट्याक्सी नेपालले यस भन्दा अगाडी पनि चालकहरुको कोरोना बीमा, सवारी साधनको बीमामा छुटको व्यवस्था, मृतक चालकको परिवारलाई आर्थिक सहयोग लगायत अन्य थुप्रै राहत तथा आर्थिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ ।

आगामी दिनहरुमा काठमाडौं महाानगरपालिका विभिन्न सरोकारबाला निकाय संघ संस्था तथा विभिन्न संगठनसँग मिलेर यस व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनका साथै अन कल तथा अनलाइनको माध्यमबाट सेवा सञ्चालन गर्नेगरि काम गरिरहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्