काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज( नेप्से) परिसूचक ९.३२ अंकले घटेर २११२.२९ मा पुगेको हो ।
बिहिबार ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच हुदाँ ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रुपैयाँ कारोबार भएको छ ।
आज मिड सोलु हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, भगवती हाइड्रोपावर डेभलपमेन्टको ८.२७ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ७.७८ प्रतिशत, कुमारी धनवृद्धि योजनाको ५.८३ प्रतिशत सहित १६८ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्