Shikhar Insurance
National Life

९.३२ अंकले घट्यो सेयर बजार, कारोबार रकम भने ६ अर्ब ४४ करोड माथि

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३१, बिहीबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेय बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.३२ अंकले घटेर २११२.२९ को बिन्दुमा पुगेर बजार बन्द भएको हाे ।

बिहीबार ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २ सय ८ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । कम्पनीको २८ करोड ४७ लाख ३९ हजार ६ सय ९२.२० रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय १ रुपैयाँ रहेको छ ।

बिहबार ९४ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने मिड सोलु हाइड्रोपावर कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्