Shikhar Insurance
National Life

बिजनेस ईन्टरेष्टले जारी गर्न लागेको आइपीओको प्रत्याभूति एसबिआई मर्चेण्ट र सनलाइफ क्यापिटलले गर्ने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३१, बिहीबार ११:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको आइपीओको प्रत्याभूति नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र सनलाइफ क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

ईन्टरेष्ट ग्रुपले जारी गर्न लागेको ४५ लाख कित्ता आइपीओको प्रति सेयर मूल्य १०० रुपैयाँका दरले कुल ४५ करोडको करोडको प्रत्याभूति एसबिआई मर्चेण्ट र सनलाइफ क्यापिटलले गर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग, सनलाइफ क्यापिटल र बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा त्रिपक्षीय हस्ताक्षर भएको हो । एसबिआई मर्चेण्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) लेखनाथ पोख्रेल, सनलाइफ क्यापिटल लिमिटेडको तर्फबाट सञ्चालक राजकुमार अर्याल तथा बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडको तर्फबाट अध्यक्ष नवराज बुर्लाकोटीले सेयर प्रत्याभूति गर्ने सम्झौतापत्रमा त्रिपक्षीय हस्ताक्षर गरेका छन् ।

कम्पनीले कृषि एवं खाद्य सामाग्री उत्पादन, व्यापार तथा वितरण, सामुदायिक खेती, होटल तथा पर्यटन, कृषि, शिक्षा, र स्वच्छ उर्जा लगायत विविध क्षेत्रमा आफ्नो व्यावसायिक गतिविधि सञ्चालन गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्