काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टमा विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास काकीर्ले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । चण्डेश्वरी, धनेश्वर,देवीस्थान, गौखुरेश्वर,नमोबुद्ध,बेथानचोक नारायण,गोसाईकुण्ड(काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश,जुगल जस्ता अन्य बिभिन्न हिमशृंखलाहरुको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिने समेत सम्झौतामा उल्लेख गरिएको छ ।
आन्तरिक एवंम बाह्य पर्यटकका लागी काभ्रे जिल्ला अति उत्तम र रमणिय स्थलको रुपमा प्रख्यात छ । बिहानको सुर्यको उदय देखी साँझको अस्थायको सुर्यास्थको दृश्य अवलोकन मज्जाले गर्न सकिन्छ । बैंकका नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरहरु रहेको छ ।
प्रतिक्रिया दिनुहोस्