काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा असार १४ गते काठमाडौंको महाराजगञ्जस्थित कम्पनीको सम्पर्क कार्यालयमा १० बजे बस्ने आव्हान गरेको हो ।
सभामा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सभाले सेयरधनीहरूलाई ५० प्रतिशत अर्थात १ः०.५ को अनुपातमा हकप्रद सेयर जारी गर्नेछ ।
साथै, कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने, ठेगाना परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्