काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिकाका चन्द्रदिप राईविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राईलाई जेठ ३० गते बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
विभागले ८ करोड ४७ लाख ६ हजार ८ सय ८३ रुपैयाँ बिगो अदालत समक्ष माग गरेको छ । राईको नाममा रहेको चल-अचल सम्पत्तिबाट जफत गर्न पनि विभागले माग गरेको छ । ज
विभागबाट सम्पत्ति शुद्धीकरणको कसुरमा जाँचबुझ तथा अनुसन्धान हुँदा राईले कर छलि, कसूरसमेत गरेको विभागले जनाएको छ । राईले गैरकानूनी श्रोतको रुपान्तरण, हस्तान्तरण गर्ने, श्रोत लुकाउने एवं छल्ने उद्देश्यले सम्पत्ति शुद्धीकरण गरेको विभागको दाबी छ ।
साथै, विभागले राईको नाममा रहेको सम्पति शुद्धीकरण गरिएको तथा श्रोत नखुलेको सम्पत्ति तथा साधन तत्काल प्रचलित सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम रोक्का तथा जफत गर्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्