Shikhar Insurance
National Life

चिनियाँ विद्युतीय सवारी साधनमा कर लगाउने निर्णय गलत : पूर्वराजदूत ब्रान्स्टाड

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३०, बुधबार १८:१४
Hyundai
NCELL
NIMB

एजेन्सी । बाइडेन प्रशासनले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा उच्च कर लगाएर ठूलो गल्ती गरेको चीनका लागि अमेरिकी पूर्वराजदूत टेरी ब्रान्स्टाडले बताएका छन् ।

पूर्वराजदूत ब्रान्स्टाडले अमेरिकास्थित सम्पत्ति व्यवस्थापन कम्पनी क्रेनशेयर्सले आयोजना गरेको वेबिनारमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै चिनियाँ विद्युतीय सवारी साधनमा असाधारण करको घोषणा गर्नु गलत भएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सन् २०१७ देखि २०२० सम्म चीनमा कार्यरत ब्रान्स्टाडले भने,“मलाई लाग्छ बाइडेनको यो ठूलो गल्ती थियो र ट्रम्पको अभियानले वास्तवमै त्यसैमा ध्यान केन्द्रित गर्ने प्रयास गर्नेछजस्तो मलाई लाग्छ । कूल छ कार्यकालको लागि आयोवा गभर्नरको रूपमा सेवा ब्रान्स्टाडले भने,“यो कदमले बाइडेनलाई अभियानमा घाटा लाग्नेछ । उनको विद्युतीय वाहनसम्बन्धी जनादेश उपभोक्ताहरूसँग लोकप्रिय छैन ।”

उनले थपे, “उपभोक्ताहरू विकल्प चाहन्छन्, बाइडेनले अमेरिकामा विद्युतीय सवारी साधनमा ध्यान केन्द्रित गरेर र अनिवार्य गर्ने प्रयास मा ‘ठूलो गल्ती’ गर्नुभयो ।”ब्रान्स्टेडका अनुसार दुर्लभ खनिजहरूको पहुँचका कारण चीनले र अमेरिकाको तुलनामा धेरै कम लागतमा विद्युतीय सवारी साधन उत्पादन गर्न सक्छ । चीन र अमेरिकाबीच व्यापारिक सम्बन्ध कायम राख्नु अत्यन्त महत्वपूर्ण रहेको ब्रान्स्टेडले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्