काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको तीन महिना र बजेटले मुलुकको अर्थतन्त्र गलत दिशामा ल्याउने काम गरेको बताएका छन् । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.महतले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकारले तीन महिनामा नेपाली जनता र मुलुकको अर्थतन्त्रमा निराशा थप्ने काम मात्रै गरेको आरोप लगाएका छन् । उनले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई निरासा जनक अवस्थामा पु¥याउने र आफू अनकुलका व्यक्ति र आयोजनामा खर्च गर्ने काम गरेको बताए । उनले बजेट र सरकारको क्रियाकलापले अर्थतन्त्रलाई गलत दिशामा लैजाने खतरा देखिएको उल्लेख गरे । उनले सरकारले बजेटमा ३ करोड भन्दा तलका योजना नराख्ने प्रतिवद्धता तोडेको बताए ।
उनले बजेटमा मन्त्रालयमा राखिएको बजेट आफू अनकुलका मान्छेहरुबाट सञ्चालित संस्थाहरु अनगिन्ती रुपमा संस्कृति मन्त्रालय,सहरी विकास मन्त्रालयबाट साना योजनामा रकम छरिएको धारणा राख्य । उनले संसदमा भइरहेको मन्त्रालयगत छलफलले बजेटमा थप निरासा गराएको बताए । उनले सरकारले बजेट विनियोजनमा व्यापक दुरुपयोग गरेको उल्लेख गरे । उनले अर्थमन्त्रीले आर्थिक विधेयकमा एनसेललाई केन्द्रित गरेर निहित उदेश्यका साथ धारा ५७ अन्तर्गतमा छुट दिने व्यवस्था गरेको बताए । उनले सरकारले पूर्वाहपूर्ण ,बेथितिलाई प्रोत्साहन गर्ने र प्राथमिकता भन्दा पनि आफ्नाले भनेको ठाउँमा बजेट विनियोजन गरी वितरण गर्नेगरी बजेट विनियोजन भएको धारणा राख्य ।
प्रतिक्रिया दिनुहोस्