काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समिक्षा गर्नुपर्ने बताएकी छिन् । बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद श्रेष्ठले अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समिक्षा गर्नुपर्ने बताएकी हुन् ।
उनले बजेट कार्यान्वयनको पाटो र जनताले पाएको उपलब्धिको समिक्षा गर्नुपर्नेमा जोड दिइन् । उनले अघिल्लो वर्षको कति बजेट के कारणले गर्दा कार्यान्वयन भन्ने कुरा खोज्नुपर्ने र समस्या पहिचान गर्नुपर्ने बताइन् । उनले यस वर्ष बजेट छरिएर आएको टिप्पणी गरीन् ।
प्रतिक्रिया दिनुहोस्