काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको स्थापना दिवस सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पु¥याउनु अपराध हो ? भन्दै प्रश्न गरे । उनले टिकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताए ।
उनले कसले घटना गरायो भन्नेकुरा लाल आयोगलाई सोध्न आग्रह गरे । उनले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखको कुरा भएको बताए । उनले अहिलेको शासन पद्धतिबाट आफूहरु आजित भएको बताए ।
प्रतिक्रिया दिनुहोस्