काठमाडौं । साताको चौथो कारोबार दिन सेयर सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बुधबार ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २ सय ४५ रुपैयाँको कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको कारोबार भएको छ । कम्पनीको २७ करोड ६३ लाख ६० हजार ४ सय ९१ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ९४ रुपैयाँ रहेको छ ।
आज ११९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने सयपत्री हाइड्रोपावर कम्पनीको सेयर ४.४८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्