Shikhar Insurance
National Life

केही सञ्चार माध्यमले मनगढन्ते समाचार प्रकाशित गरी पितपत्रकारिता गरिरहेको छ : बीमा प्राधिकरण

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३०, बुधबार १३:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणले केही सञ्चार माध्यमहरुले प्रकाशन गरेको मनगढन्ते समाचारहरु प्रकाशित गरी पितपत्रकारिता गरिरहेको बताएको छ ।

प्राधिकरणले केही सञ्चार माध्यमहरुले प्राधिकरण र कार्यरत कर्मचारीहरूको चरित्र हत्या गर्ने गरी भ्रामक, तथ्यहीन तथा कपोलकल्पित मनगढन्ते रूपमा प्रकाशन गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै यस्ताे बताएकाे हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘मनोगत कुण्ठा पोख्न र कसैको स्वार्थ पूर्ति गर्ने ध्येयले प्रकाशन गरिएका कपोलकल्पित र मनगढन्ते समाचारप्रति खेद व्यक्त गर्दै यस्ता भ्रमपूर्ण समाचार लेखी पत्रकारिताको धर्म विपरीत पितपत्रकारिता भइरहेको तर्फ सम्पूर्ण सरोकारवालाहरूको ध्यानाकर्षण गराइन्छ’ प्राधिकरणले सूचनामार्फत भनेको छ ।

प्राधिकरणले केही सञ्चार माध्यमहरुले एकतर्फी रूपमा मनलागी किसिमले सार्वजनिक निकायका पदाधिकारी, कर्मचारीकाेमा समेत नकरात्मक असर पर्ने गरी कसैको स्वार्थ पूर्तिका लागि समाचार प्रकाशन गरिएको जनाएकाे छ । प्राधिकरणले यस्तो मनोगत कुण्ठा पोख्न र कसैको स्वार्थ पूर्ति गर्ने ध्येयले प्रकाशन गरिएका कपोलकल्पित र मनगढन्ते समाचारप्रति खेद समेत व्यक्त गरेको छ ।

प्राधिकरणले भन्याे, ‘प्राधिकरणका रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया प्रारम्भ नै भइनसकेको अवस्थामा पत्रकारिताको मर्यादा विपरीत प्रकाशित कपोलकल्पित, भ्रामक र तथ्यहीन त्यस्ता समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणमा जानकारी गराइन्छ ।’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्