काठमाडौं । बेलायत लेस्टरका एक नेपाली व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित भएका छन् । लण्डनबाट सञ्चालित अनलाइन मिडिया साउथ एसिया टाइमले शनिबार सापकोटालाई उनको सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको हो ।
बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा। सूर्यप्रसाद सुवेदीले सापकोटालाई सम्मान गरे । सापकोटा सन् २००६ बाट नै गैर आवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा थिए । उनले नेपालमा आपतविपत र प्राकृतिक विपत्ति हुँदा होस् वा शैक्षिक तथा स्वास्थ्य क्षेत्र, निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् ।
करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायत आएका हुन् । बेलायतको लेस्टरमा दुई इटालियन रेष्टुरेन्टका सन्चालक सापकोटा इटालियन खानाको कुशल सेफ पनि हुन् ।
प्रतिक्रिया दिनुहोस्