काठमाडौं । वाणिज्य बैंकहरू निक्षेप प्रवाह र कर्जा संकलनमा सुस्ताएका छन् । देशैभर निषेधाज्ञा जारी रहँदा गत साता पौन ६ अर्बमात्र निक्षेप संकलन भइ साढे ५ अर्ब कर्जा प्रवाह भएको हो ।
नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वैशाख ३१ गतेसम्म वाणिज्य बैंकहरूमा ३९ खर्ब ५५ अर्ब ४४ करोड रूपैयाँ निक्षेप थियो । जेठ ७ गतेसम्म उनीहरूसँग भएको निक्षेप बढेर ३९ खर्ब ६१ अर्ब ३० करोड रूपैयाँ पुगेको छ ।
यस्तै वैशाख ३१ सम्म ३६ खर्ब १० अर्ब ५१ करोड रूपैयाँ कर्जा भएकामा बढेर ३६ खर्ब १६ अर्ब ५ करोड पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्