Shikhar Insurance
National Life

वर्षाले सङ्खुवासभाको खाँदबारी-नुम सडक बगाउँदा करिब १ करोडको क्षति

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३०, बुधबार १२:०१
Hyundai
NCELL
NIMB

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ ।

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब १ करोडको क्षति भएको उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्