Shikhar Insurance
National Life

२० वाणिज्य बैंकले १० महिनामा कमाए ४८ अर्ब ६७ करोड, नबिल, ग्लोबल, एनआईएमबी ‘टप थ्री’मा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३०, बुधबार ११:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको १० महिनामा ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका छन् ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुले साउनदेखि वैशाख मसान्तसम्ममा ४८ अर्ब माथि नाफा आर्जन गरेका हुन् ।

नबिल बैंकले ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ नाफा कमाएर धेरै कमाउने बैंकको स्थान सुरक्षित गरेको छ । सबैभन्दा कम नाफा कमाउने बैंक भने नेपाल बैंक रहेको छ , जसले जम्मा ५९ करोड ३ लाख नाफा कमाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

धेरै नाफा कमाउने बैंकहरुको दोस्रो नम्बरमा भने ग्लोबल आइएमई बैंक रहेको छ, जसले १० महिनामा ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा कमाएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

प्राइम कमर्सियल बैंक ३ अर्ब २२ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेर चौथो स्थानमा परेको छ भने एभरेष्ट बैंकले २ अर्ब ९८ करोड ३ लाख रुपैयाँ नाफा कमाएर पाँचौ स्थानमा आएको छ ।

कृषि विकास बैंकको कूल नाफा २ अर्ब ६९ करोड ७८ लाख रुपैयाँ  पुगेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने १० महिनामा २ अर्ब ५६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ ।

प्रभु बैंकले १० महिनामा २ अर्ब ५० करोड ४६ लाख रुपैयाँ नाफा कमाउँदा एनएमबि बैंकले २ अर्ब ४८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । हिमालयन बैंकले १० महिनामा २  अर्ब २२ करोड ८९ लाख रुपैयाँ कमाएको छ भने एनआईसी एशिया बैंकले २ अर्ब १६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ ।

सिद्धार्थ बैंकले १ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ नाफा कमाउदा लक्ष्मी बैंकले १ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो । सानिमा बैंकले १ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ भने सिटिजन्स बैंकले १० महिनामा १ अर्ब ५० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको हो ।

कुमारी बैंकले कुल नाफा १ अर्ब ४२ करोड ९२ लाख रुपैयाँ कमाउँदा नेपाल एसबिआई बैंककले १ अर्ब ४२ करोड २९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ ।

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्