काठमाडौं । बुधबार सुनको मूल्य सामान्य बढेको छ । तीन दिनदेखि स्थिर रहेको सुनको बुधबार ६ सय रुपैयाँले बढेको हो ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ४० हजार ९०० रुपैयाँमा रहेको छ । अघिल्लो दिन सुन १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी १ हजार ८ सय २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो । चाँदी ५ रुपैयाँले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्