Shikhar Insurance
National Life

कोशी प्रदेशका ४५ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १७:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । कोशी प्रदेशमा ४५.१६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उक्त जानकारी उल्लेख गरेका हुन् ।

त्यस्तै हाल देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार पाँच सय ९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र १६.६ प्रतिशत अर्थात् एक हजार आठ सय ६२ वटा शाखा छन् । बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेपको ७.१३ प्रतिशत अर्थात् ४ खर्ब ४१ अर्ब बराबर कोशी प्रदेशमा छ । त्यस्तै कूल कर्जाको ११.२६ प्रतिशत अर्थात् ५ खर्ब ७२ अर्ब ऋण कोशी प्रदेशमा विस्तार भएको छ । अहिले समग्र बैंकिङ प्रणालीबाट ६१ खर्ब ८७ अर्ब बराबर कर्जा र ५० खर्ब ८४ अर्ब बराबर कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस प्रदेशमा २२ हजार एक सय सात जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । जसमा ३४ अर्ब दुई करोड ५२ लाख बराबर सहुलियत कर्जा स्वीकृत भएको छ । सबैभन्दा बढी महिला उद्यमशीलता कर्जा १२ हजार आठ सय ६३ जना र व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा आठ हजार नौ सय २२ जनाले लिएका छन् ।

कूल सात लाख ७९ हजार पाँच सय ८४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको यो प्रदेशमा सात लाख दुई हजार ४१ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ भने कूल सिञ्चित क्षेत्रफल तीन लाख १५ हजार आठ सय ११ हेक्टर रहेको छ ।

चालु आर्थिक वर्ष २०८०।८१ मा कोशी प्रदेशको कूल गार्हस्थ्य उत्पादन ९ खर्ब तीन अर्ब बराबर रहने अनुमान गरिएको छ भने आर्थिक वृद्धिदर तीन दशमलव ५१ प्रतिशत अनुमान गरिएको छ । कोशी प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन एक हजार तीन सय ३६ अमेरिकी डलर बराबर छ । त्यस्तै, गरिबी दर १७.१९ र बहुआयामिक गरिबी १५ दशमलव नै प्रतिशत रहेको छ । मुलुकको कूल वैदेशिक व्यापारमा कोशी प्रदेशको आयातको हिस्सा १४ दशमलव ४४ र निर्यात हिस्सा ३९ दशमलव ०६ प्रतिशत बराबर छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्