Shikhar Insurance
National Life

सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र हो : मन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १३:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने गरेको बताएकी छिन् । मंगलबार काठमाडौंमा अयाोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले सूचना र प्रविधिको क्षेत्र आम जनताले नबुझ्ने क्षेत्र र धेरै अनियमितता हुने क्षेत्र रहेको बताइन् । उनले अनियमिततालाई नियन्त्रण गर्न यस क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्ने बताइन् । उनले यस क्षेत्रको अनियमितताबारे सबैतिरबाट खबरदारी हुन आवश्यक रहेको बताइन् । उनले यस क्षेत्रमा हुने अनियमितताको बारेमा जानकार नहुँदा बढी अनियमितता हुने गरेकाजानकारी गरिन् । उनले विगतका नीति, नियम, कानून समयसापेक्ष बनाइ नागरिकलाई सचेत गराउन आवश्यक रहेको बताइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाहरुका रुपमा स्थापित गर्ने, नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष, अप्रत्यक्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको बताइन् ।

सूचना र प्रविधिको क्षेत्रका समस्या समाधान र अनियमितता हटाउन मन्त्रालयको नेतृत्वमा कार्यदल बनाएर जाने कुरामा छलफल भइरहेको उनले जानकारी गरिन् । सूचना, प्रविधि दशकका लागि कार्यदलले क्रमशः वर्षहरुमा के गर्दै जाने भन्ने एजेण्डा कार्यदलले बनाउने बताइन् । मन्त्री शर्माले २०७६ सालमा शुरु भएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन हनु नसकेको  जानकारी दिइन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्