Shikhar Insurance
National Life

फ्रान्सेली उत्पादन इसेन्सियल पर्फ्युमद्वारा नेपालमा प्रवर्द्धनात्मक ‘पीआर इभेन्ट’

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १०:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । फ्रान्सको प्रसिद्ध अन्तरराष्ट्रिय ब्रान्ड इसेन्सियल पर्फ्युम पेरिसले काठमाडौंमा प्रवर्द्धनात्मक कार्यक्रम ‘पीआर इभेन्ट’ आयोजना गरेको छ । कम्पनीले आफ्नो उत्पादन प्रवर्द्धन गर्न यो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गेराल्डिन अर्चम्बाल्डलेले आफ्नो नयाँ उत्पादन र पर्फ्युम प्रयोगको विविध उपयोगिता र फाइदाबारे जानकारी दिएका थिए । उनले आगामी अक्टुवरसम्म नयाँ उत्पादन नेरोली बोटानिका पनि बजारमा आउने जानकारी दिए । इसेन्सियल पर्फ्युमका विभिन्न उत्पादनहरू हाल बजारमा उपलब्ध छन्, जसमा दिव्य वेनिला, बोइस इम्पेरियल, रोज म्याग्नेट, फिग इन्फ्युजन, प्याचौली म्यानिया, द म्युस, मोन भेटिभर, ओरेन्ज एक्स सानटल नाइस बर्गामोटलगायत छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा नेपालका प्रभावशाली तथा सम्मानित ग्राहकसहित प्रसिद्ध सल्लाहकारहरू उपस्थित थिए । कम्पनीका डिभाइन भ्यानिला, द मस्क, बोइस इम्पेरियल, मोन भेटिभर, फिग इन्फ्युजन, प्याचौली मनिया, ओरेन्ज एक्स सान्ताल, नाइस बर्गामोट र रोज म्याग्नेटिक लगायतका उत्पादन नेपाली बजारमा छन् ।

अर्चम्बाल्टले भने,“नेपालमा भएकोे यस कार्यक्रमले दक्षिण एसियामा आफ्नो उपस्थिति विस्तार गर्दै आवश्यक परफ्युमका लागि महत्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाउँछ । हामी नेपालका जीवन्त समुदायसँग उत्कृष्ट सुगन्धको लागि हाम्रो जोश बाँड्न पाउँदा रोमाञ्चित छौं र अगाडिको फलदायी यात्राको लागि तत्पर छौं।”

इना सेन्टरका प्रवन्ध निर्देशक उद्धव बर्तौलाका अनुसार नेपाली बजारमा इसेन्सियल पर्फ्युमको लोकप्रियता बढ्दै गइरहेको छ । इसेन्सियल पर्फ्युमको नेपालको अधिकृत विक्रेता इना सेन्टर नेपाल प्रालि हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्