काठमाडौं । साताको तेस्रो कारोबार दिन पनि सुनको मूल्य स्थिर रहेको छ । सुन आइतबारदेखि लगातार स्थिर रहेको हो । आज(मंगलबार) पनि छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुन १ लाख ४० हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सुन अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो
त्यस्तै, मंगलबार चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८१५ रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्