Shikhar Insurance
National Life

मधेश प्रदेश अन्तर्गतका बैंक तथा वित्तीय संस्थाहरुद्वारा सवा ३ खर्ब निक्षेप संकलन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार १५:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकको नियमन विभागले ‘बैंक तथा वित्तीय क्षेत्रका विद्यमान नीति निर्देशन’ विषयक कार्यक्रमको आयोजना गरेको छ । विभागले मधेश प्रदेश अन्तर्गतको बीरगञ्ज कार्यालयसँग समन्वय गरी जेठ २७ गते कार्यक्रमको आयोजना गरेको हो ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले करिब ६२ खर्ब निक्षेप संकलन गरेकोमा मधेश प्रदेश अन्तर्गत करिब सवा ३ खर्ब संकलन गरेकाे विभागले जनाएको छ । विभागले भने,’बैंक तथा वित्तीय संस्थाहरुले मुलुकभर करिब ५२ खर्ब कर्जा प्रवाह गरेकोमा मधेश प्रदेशमा करिब पौने ५ खर्ब कर्जा प्रवाह गरेका छन् ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

मुलुकभर सबै वर्गका बैंक तथा वित्तीय संस्थाका ११ हजार ५९० शाखामध्ये १ हजार ७ सय ७५ अर्थात् करिब १५ प्रतिशत शाखा मधेश प्रदेशमा रहेको विभागले जनाएकाे छ ।

‘यो प्रदेशको ठेगाना राखी करिब १२ लाख ६५ हजारवटा एटीएएम डेविड कार्ड र करिव २१ हजार क्रेडिट कार्ड जारी भएका छन् । त्यसैगरी, करिब २ लाख ५१ हजार मोवाइल बैंकिंग एप डाउनलोड भै संचालनमा छन् भने इन्टरनेट बैंकिंगमा १ लाख ४० हजार समेटिएका छन् । यस प्रदेश अन्तरगत वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीमा गरी करिव सत्तरी लाख बैंक खाता खोलिएका छन्’ नियमन विभागले भने ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रदेशप्रमुख, शाखाप्रमुख लगायत नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका कर्मचारीहरु सहभागी थिए । मधेश प्रदेश अन्तरगत नेपाल राष्ट्र बैंकका दुई कार्यालयहरू बीरगञ्ज र जनकपुरमा सञ्चालित छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्