काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ८.९० अंकले बढेर २०८२.०९ मा पुगेको हो ।
सोमबार सबैभन्दा धेरै एनआरएन इनफ्रस्टकचर डेभलपमेन्ट बैंकको कारोबार भएको छ । कम्पनीको ४१ करोड ८७ लाख ६३ हजार २ सय ६ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ६१ रुपैयाँ रहेको छ ।
साथै, माउन्टेन इनर्जी नेपाल, जानकी फाइनान्स कम्पनी, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वाधिक कारोबार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्