काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.९० अंकले बढेर २०८२.०९ मा पुगेको हो ।
सोमबार ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७ सय ८२ रुपैयाँको कारोबार भएको छ ।
आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । कुथेली बुखरी स्मल हाइड्रो, त्रिशुली जलविद्युत कम्पनी र पीपुल्स पावरको सेयरमा सर्किट लागेको हो ।
त्यस्तै, मोलुङ हाइड्रोको ९.४९ प्रतिशत, सुपर माई हाइड्रोपावरको ८.९९ प्रतिशत, साम्लिङ पावरको ७.९७ प्रतिशत सहित २०६ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्