काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.९० अंकले बढेर २०८२.०९ मा पुगेको हो ।
सोमबार ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७ सय ८२ रुपैयाँको कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै एनआरएन इनफ्रस्टकचर डेभलपमेन्ट बैंकको कारोबार भएको छ । कम्पनीको ४१ करोड ८७ लाख ६३ हजार २ सय ६ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ६१ रुपैयाँ रहेको छ । आज २०६ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनीको सेयर ८.६७ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्