Shikhar Insurance
National Life

सीजीले गर्यो क्यानलाई ६० लाख सहयोगको घोषणा, वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार ११:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । सीजी फुड्स नेपाल लिमिटेडद्वारा अन्डर १९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख सहयोगको घोषणा गरेको छ ।

विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइ.सि.सि. पुरुष टि-२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो । टि २० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाईरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

साथै,वाइ वाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमिहरूमा थप उत्साह ल्याउने विश्वास पनि गरिएको छ । यस खुसीको अवसरमा विगत लामो समयदेखि पुरुष अन्डर(१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत ३० लाख तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि ३० लाख गरि जम्मा ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्नेछ ।

पत्रकार सम्मेलनका अवसरमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदिप पुडासैनीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।नेपाली राष्ट्रिय टिम दोस्रोपटक आइ.सि.सि.टि-२० विश्वकपमा सहभागी हुन सफल भएकोमा सीजी फुड्स नेपाल लि नेपाली राष्ट्रिय टिमलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछ । विगत दुई दशकदेखि नेपाली क्रिकेटको सहयात्री वाइ वाइ आगामी दिनहरुमा पनि नेपाली क्रिकेटको विकासका लागि सदैव तत्पर र समर्पित रहनेछ।

यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर८मा पुग्न सफल भएमा ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन वापत १ हजार, प्रत्येक चौका बापत ८ हजार, प्रत्येक छक्का बापत १२ हजार, प्रत्येक विकेट बापत १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतक बापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरि सकेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्