काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ‘लक इन’ अवधि सकिने भएको छ । असार २७ गते कम्पनीको १० लाख बढी कित्ता सेयरको लक इन अवधि सकिने भएको हो ।
कम्पनीले २०७८ असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारण (कर्मचारीहरू समेत) मा बिक्री खुला गरेको आईपीओ असार २८ गते बाँडफाँड गरेको थियो । धितोपत्र बोर्डले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरेको मितिले तीन वर्षसम्म संस्थापक सेयरधनी तथा कर्मचारीले धारण गरेको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था गरेको छ ।
सोही व्यवस्था बमोजिम हाल कम्पनीको १० लाख आठ हजार ३५.४३ कित्ता संस्थापक सेयर र ७ हजार ४२४.५३ कित्ता कर्मचारीहरूको सेयर (बोनस सेयर समेत) लक इनमा रहेको छ ।
साथै, कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरू तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले भने सेयर खरिद बिक्री गर्न नपाईने एक सूचना मार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्