Shikhar Insurance
National Life

कुमारी बैंकको ४५ लाख कित्ता सेयर लिलामी बिक्रीमा, न्युनतम मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार ११:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको ४५ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले ४५ लाख ५६ हजार ९१२ कित्ता सेयर लिलामी बिक्री बिक्रीमा ल्याएको हाे ।

बैंकले सेयर न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक, सर्वसाधारण वा कम्पनीहरूले असार ३ गतेभित्र बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी, नक्सालमा गोप्य शिलबन्दी बोलपत्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम १ लाख कित्ताको आवेदन दिनुपर्नेछ भने सोभन्दा बढीको लागि १ हजारको गुणानमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाउँने बैंकले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्