काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले पाचौँ साधारण सभा बोलाएके छ । कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार वार्षिक साधारण सभा असार २३ गते क्वालिटी बैंक्वेट, बुद्धनगर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारिग गर्नेछ ।
सभामा लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने ।
सभाले चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधराण सेयरधनी समूहको प्रतिनिधित्व गर्ने दई जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको ठेगाना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै, सभा प्रयोजनको लागि कम्पनीले असार १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असार ११ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागी हुन पाउँनेछन् ।
प्रतिक्रिया दिनुहोस्