Shikhar Insurance
National Life

७ करोड बढी रकम हिनामिना गरेको आरोपमा स्क्वायर सहकारीका ३ सञ्चालक पक्राउ

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २७, आईतवार १७:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तीन सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरुको ७ करोड बढी रकम हिनामिना गरेको आरोपमा काठमाडौं, मखन-२३ स्थित सहकारीका तीन सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम हिनामिना गरेकाे आराेपमा सहकारीका अध्यक्ष बाशु देव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्म रत्न पाछैंलाई जेठ २५ गते प्रहरीले पक्राउ गरेको हो ।निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएपछि बचतकर्ताहरुले सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई ध्यानाकर्षण गराएका थिए । नियमानुसार बचतकर्ताहरुको रकम उपलब्ध नगराई संस्था नै बन्द गरि फरार भएको बचतकर्ताहरुले जनाएको छ ।

तीन सञ्चालकहरुलाई काठमाडौं महानगरपालिका, नगर कार्यापालिकाको कार्यालय, सहकारी विभागको पत्रको आधारमा जिल्ला काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्