Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल युनिभर्स’

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २७, आईतवार १६:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्नेगरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएका छन् । आइतबार काठमाडौंमा बैंकको केन्द्रिय कार्यालय कमलादीमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन् ।

डिजिटल युनिभर्समा चेक जम्मा गर्ने, नगद जम्मा गर्ने र एटीएम मेसिन जस्ता अत्याधुनिक मेसिनहरु समेत रहेका छन् । यो नेपालमा नै पहिलो पटक ग्लोवल आइएमई बैंकले शुरुवात गरेको हो । ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेलले डिजिटल युनिभर्स नेपालको बैंकिङ उद्योगमा नौलो शुरुवात भएको बताए । उनले डिजिटल युनिभर्सलाई नेपालमा डिजिटल बैंकिङको प्लेटफर्मको रुपमा विकास गर्न खोजेको बताए । उनले डिजिटल युनिभर्समा बैंकका सबै डिडिटल कारोबारलाई डिजिटल लाउन्जको रुपमा शुरुवात गरिएको बताए । उनले डिजिटल युनिभर्समा एटिएस,क्यास निक्षेप र चेक डिपोजिट मेसिनलाई प्रयोगमा ल्याएको जानकारी गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ । ग्लोबल आइएमई बैंकको आफ्ना ग्राहकहरुलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरुको एक हिस्सा मानिएको छ ।

डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्राको शुरुवात भएको उनले बताए । आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ । डिजिटल बैंकिङले ग्राहकहरुलाई आफ्नो अनुकुल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ । ग्लोवल आइएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्