काठमाडौं । प्रभु बैंक र सौराहाका विभिन्न होटल तथा रेष्टुरेन्टबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।
छुट्टाछुट्टै समारोहकाबिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेश–५ का प्रमुख साँग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरद्वारा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।
प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण भरतपुर जिल्ला बिभिन्न प्राकृतिक छटाले भरिपुर्ण रमणिय पर्यटकिय स्थल का रुपमा चिनिन्छ । सौराहा, मेघौली ,कसरा,देबघाटधाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ । सो सम्झौताअनुसार ग्राहक वर्ग तथा प्रभु बैंकका कर्मचारीहरुका लागि आवासमा ८ प्रतिशतदेखी १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखी १५ प्रतिशतसम्मका छुट प्राप्त गर्न सकिने छ ।
Hotel Aikawa Inn(Four Star Hotel), Sapana Village Lodge, Siddartha Villas Banbas,Chitwan (Hotel Banbas Chitwan ),Hotel Wildlife Camp, Park Safari Resort,Chautari Garden Resort, Rhino Lodge and Hotel, Hotel Royal Safari, The Park Century Hotel(Villagio Restaurent and Hotel), Travellers Jungle Camp, Hotel Mirage, Open Sekuwa Corner, River View Jungle Camp, Himalayan In, Jungle Safari Lodge, Royal Tiger Luxury Hotel इत्यादी होटल तथा रेष्टुरेन्टसँग प्रभु बैंकको सम्झौता भएको हो ।
प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्