काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ मा पुगेको हो ।
आइतबार ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५ सय २२ रुपैयाँको कारोबार भएको छ ।
आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज इष्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो ।
साथै, साम्लिङ पावरको ९.२८ प्रतिशत, सयपत्री हाइड्रोपावरको ८.९५ प्रतिशत, जानकी फाइनान्सको ८.२६ प्रतिशत सहित ११९ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्